भोलि दिन तपाईको कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल [ २०७५ साउन ८ गते ]

Leaderboard Banner

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईको मानसिक स्तरमा चिन्ता बढेर जाने दिन परेको छ। भोलि तपाईले खर्चमा नियन्त्रण राख्नु पर्ने दिन रहेको छ। दिमागबाट नकारात्मक विचारहरू हटाउनु भएमा तपाईको सम्पूर्ण कार्यहरु भोलि सफल रहनु हुने देखिन्छ। भोलि आर्थिक लाभहरु भने मिल्न सक्ने दिन रहेको छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईमा कार्य सिद्धि गर्ने उर्जा थपिएर जाने दिन रहेको छ। भोलि स्वास्थ्यमा पनि सुधार आउने दिन परेको छ। भोलि तपाईको यश-कीर्ति बढेर जाने देखिन्छ। भोलि पारिवारिक वातावरण पनि शान्त रहने दिन परेको छ। साथै मानसिक रुपमा पनि भोलि प्रसन्नित रहनुहुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईको दिनको सुरुवातबाटै आफुमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य भएको महसुस गर्नु हुनेछ। भोलि तपाईको परिवारसंग शान्त वातावरण हुने देखिन्छ भने भोलि परिवारको लागि खर्च हुने दिन परेको छ। भोलि तपाईको धार्मिक यात्रा पनि हुने दिन परेको छ। साथै भोलि शिक्षा क्षेत्रमा पनि तपाईको लगभ बढेर जाने दिन परेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईको दिन खासै राम्रो हुने देखिन्न। भोलि तपाईले खानामा विशेष हेरविचार गर्नु पर्ने दिन परेको छ। भोलि पेट सम्बन्धी समस्याले सताउन सक्ला। भोलि तपाईलाई अनैतिक र अप्रमाणिक कामले विपत्तिमा पर्न सक्ने देखिन्छ। दिमागबाट नकारात्मक विचारहरू हटाएर जानु पर्ने दिन रहेको छ भने बोलीमा नियन्त्रण राख्नु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

भोलि तपाईले हरेक कार्यहरुमा प्रतिकूलताको सामना गर्नु पर्ने दिन रहेको छ। भोलि धेरैनै दुखको सामना गर्नु पर्ने हुनसक्छ। शरीरमा उर्जाको कमि हुने देखिन्छ। निर्धारित कार्यहरु समयमा सम्पन्न हुँदा मानशिक चिन्ता बढेर जाने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईको दिन आनन्दित र लाभदायक रहने दिन परेको छ। भोलि व्यापारको छेत्रमा लाभ मिल्ने दिन रहेको छ। भोलि तपाईको सामाजिक क्षेत्र मा प्रशंसा हुने देखिन्छ। परिवारमा आनन्दको वातावरण रहला। भोलि पहिला नउठेको रकम प्राप्त हुने देखिन्छ। तर दिनको मध्यान्न पछी स्थितिमा कठोरता उत्पन्न हुन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईको मन भोलि शान्त अनि आनन्दित रहने दिन रहेको छ। भोलि घर-परिवारमा बहस हुने भएता पनि तपाईको कार्य सिद्धिको लागि फलदायी रहने दिन परेको छ। भोलि नंया कार्य थालनीको लागि उपयुक्त समय हुन सक्ने देखिन्छ। भोलि साथी-भाइसँग रमाइलो भेट-घाट हुन सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईमा मानसिक विकार बढेर जाने दिन परेको छ।भोलि तपाई बिना कारण चिन्तित रहनु हुने देखिन्छ। परिवार संग भ्रमको स्थिति श्रीजना हुन सक्ला। भोलि घर-जग्गा सम्बन्धी कारोबारको लागि शुभ देखिन्न। साथै भोलि कानुनी प्रक्रियाबाट टाढानै रहनु होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

भोलि तपाईको बोलीको गलत अर्थ लग्न सक्ला। जसका कारण साथी-भाइ अनि परिवारसंगको सम्बन्धमा चिसो पना उत्पन्न हुने देखिन्छ। भोलि दुर्घटनाबाट बचनको लागि सजक रहनु होला। भोलि तपाईको मानसिक चिन्ताले पनि सताउन सक्ने दिन परेको छ। भोलि यात्रा गर्नको लागि पनि शुभ देखिन्न।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाई विचारमा ढताको साथ अघि बढ्नु होला। व्यवस्थित तरिकामा वित्तीय विषयहरू सम्पन्न गर्न तिर लग्नु होला। भोलि तपाईको आभूषण अनि गर-गहनाको खरिदमा खर्च हुने दिन परेको छ। भोलि तपाईको कला प्रति लगाभ अनि सम्भावना बढेर जाने दिन देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईको सम्पूर्ण कार्यहरु सम्पन्न हुनेछन भने भोलि तपाईको यश-कीर्ति बढेर जाने दिन परेको छ। शारीरिक र मानसिक स्वास्थ्य हुने देखिन्छ। सामाजिक रूपमा प्रतिष्ठा बढ्नेछ। मनोरञ्जन कार्यक्रममा सरिक हुने अवसर मिल्न सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको कलाको क्षेत्रमा विशेष चासो बढेर जाने देखिन्छ। भोलि तपाईलाई उपहार मिल्न सक्ला। भोलि विद्यार्थीहरूको लागि राम्रो समय रहेको छ। भोलि परिवारबाट पनि भरपुर सहयोग मिल्ने देखिन्छ भने भोलि तपाई सभा-समारोहको आयोजनामा जुट्नु हुने देखिन्छ।

प्रकाशित : सोमबार, साउन ०७, २०७५२१:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कानुनमन्त्री तामाङले आज दिउँसो राजीनामा दिने