ट्रीपरको ठक्करबाट घाइते भएका व्यक्तिलाई ब्याक गरि मारे पछि बनेपाको स्थिति तनावग्रस्त !

Leaderboard Banner

काठमाडौँ, नेपालमा पछिल्लो समय ट्रीपरको आतंक बढिरहेको छ। आज मात्रै काभ्रेपलान्चोकको बनेपामा ट्रीपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रीपरको ठक्करबाट बाइक लडेको मात्रै भएता पनि ट्रीपर चालकले भने ब्याक गरेर घाइतेलाई मारेको जानकारी प्राप्त भएको छ।

ब्याक गरेर मारे लगतै चालक भने फरार हुन भने सफल भएको बताइएको छ। अहिले आक्रोषित स्थानीयले ट्रीपरमा लगाएको आगो प्रहरीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। अहिले बनेपाको चारदोबाटोको स्थिति तनावग्रस्थ रहेको बताइएको छ। घटनाको थप जानकारी प्राप्त हुन भने बाँकि रहेको छ ।

प्रकाशित : सोमबार, साउन ०७, २०७५१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज बिहान १० बजे मात्रै भएको बस दुर्घटनामा परी २० घाइते !