नेपालमै बन्ने भयो १० करोडको लागतमा एलियनको कथामा फिल्म !

Leaderboard Banner

एजेन्सी । नेपाली फिल्मको इतिहासमै पहिलो पटक एलियन अर्थात् अन्तरिक्ष मानवको कथामा फिल्म बन्ने भएको छ। हलिउड बलिउडमा धेरै बन्ने गएको यस प्रकार फिल्म नेपालमा भने नौलो प्रयोग हो।

१० करोडको लागतमा निर्माण हुने भनिएको यस चलचित्रको नामै ‘एलियन्स’ राखिएको छ । लोकनाथ गौतमको निर्देशनमा बन्ने भनिएको चलचित्र ‘एलियन्स’ को निर्माण युनिटले यतिबेला स्कृप्ट र लोकेशन हनटिङको काम गरिरहेको जानकारी दिएको छ।

एलियन्सको बारेमा २ वर्षसम्म अध्ययन  अनुसन्धान र खोज गरेपश्चात् चलचित्रको स्कृप्टिङ गर्ने काम गरिइएको निर्देशन गौतमले बताए।एलियन्सको कथामा निर्माण हुने चलचित्र भएका कारण यसका अधिकांस दृश्य एनिमेटेड र भिएफएक्सबाट तयार पारिनेछ।

फिल्म उच्च प्राविधिक तरिकाले गर्ने उदेश्यका साथ भारतबाट प्राविधिक टोली नेपाल ल्याउने तयारी भएको निर्देशक गौतमले बताए। नेपाली चलचित्रको स्तरलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने महत्वकांक्षा अनुरुप बजेटमा चलचित्र बनाउने ठूलो आँट गरेको गौतमले बताए।

चलचित्रमा कोको कलाकार तथा प्रविधिक अनुबन्धन गरिनेछ भन्ने कुरा छिट्टै सार्वजनिक गरिने निर्देशक गौतमले जनाए।

प्रकाशित : शनिबार, साउन ०५, २०७५१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हलिउड फिल्मबाट हुबहु कपी गरिएका हुन् यी ५ बलिउड फिल्मका पोस्टर, सबै फिल्म सुपरफ्लप साबित