ओली सरकारविरुद्ध राष्ट्रसंघमा ४ हजार उजुरी !

Leaderboard Banner

काठमाडौँ । २२ दिनदेखि आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका  मागहरु पूरा गराउन भन्दै संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन गरिएको छ।

अमेरिकामा रहेका नेपालीहरु पछिल्ला केहि दिनदेखि डा. केसीको समर्थनमा प्रदर्शनसँगै हस्ताक्षर  संकलनको काम समेत गरिरहेका छन्। ३ दिनदेखि सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा अहिले साम १५ हजार हस्ताक्षर भईसकेको बताईएको छ भने १ लाख हस्ताक्षर पुगेपछि राष्ट्रसंघलाई बुझाउने तयारी रहेको यस अभियानका अभियानकर्ताले बताएका छन्।

टेक्सासमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै समाजिक अभियान्ता सुमन न्यौपानेले सुरुवातमा भारतका स्वतन्त्रता जननी महात्मा गान्धीलाई कसैले नाचिनेको तर पछि उनको अब अभियानले विश्वभर व्यापकता पाएको भन्दै डा. केसीका माग स्वस्थ्य क्षेत्र र जनताको हितमा भएको जिकिर गरे। त्यसैकारण उनको अभियानलाई देशभित्र र बाहिरबाट साथ समर्थन गर्नु पर्ने उनको भनाई थियो।

यस विरोध प्रदर्शन र हस्ताक्षर संकलनका अभियानकर्ताहरुले डा. केसीका माग देश र जनताका हितमा भएको भन्दै सबैले ऐक्यवद्धता जनाउन आग्रह गरेका छन्। उनीहरुले समयमै राष्ट्र संघिय आयोगमा केसीको जीवन रक्षाका लागि एक लाख हस्ताक्षर पु-याउनु अभियान तिब्र गतिमा अगाडी बढेको बताएका छन्।

सरकारले डा. केसीको मागलाई बेवास्ता गर्दै क्रुर बन्दै गएको अभियानकर्ताहरुको आरोप छ।  यसैबीच उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै मानव अधिकार उल्लंघनको आरोपमा नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा चार हजार उजुरी पठाइएको पनि बताएका छन् ।

राष्ट्रसंघका साथै मानवधिकार उच्चायोग, जेनेभा, स्विट्जरल्याण्डमा समेत मानवाधिकार उल्लंघको आरोपमा उजुरी दर्ता गराईएको बताईएको छ । जसले गर्दा केसीको माग पूरा हुनमा सहयोग पुग्ने उनीहरुको विश्वास छ।

प्रकाशित : शनिबार, साउन ०५, २०७५११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार: