भ्याट बिल बिनै भुक्तानीको कागजात बनाउन नमानेको भन्दै मेयरले आफ्नै कर्मचारीमाथि गरे कुटपिट !

Leaderboard Banner
कर्मचारी कुट्ने मेयर गंगा पासवान

काठमाडौँ । सिराहाको कर्जनहा नगरपालिकाका मेयर गंगा पासवानले भ्याट बिल बिनै नगरपालिकाले खरिद गरेको जेसिवी मेसीनको भुक्तानीको लागि बिल तयार गर्न नमानेको भन्दै  आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन्।

नगरपालिकाको जिन्सि तथा प्रशासन शाखा प्रमुख बलिराम यादवले मेयर पासवानले भने अनुरुप भ्याट बिल बिना नै भुक्तानी दिन नमाने बिहिबार बेलुका यादवमाथी कुटपिट गरेका हुन्।

मेयर पासवानले केहि दिन पहिले काठमाडौँबाट बिक्रेता कम्पनीले पठाई दिएको जेसिबीको विल भुक्तानी मिलाउन जिन्सि तथा प्रशासन शाखा प्रमुख यादवलाई दवाव दिइरहेका थिए।  तर, यादवले भ्याट बिल बिना भुक्तानीको कागतपत्र मिलाउन नमिल्ने भन्दै आदान लिएपछि रिसले चुर भएका मेयर यादवमाथी जाई लागेका हुन्।

यादव भने – ‘मैले मेयारसाबलाई समान आयो, अब बिक्रेताले भ्याट बिल पठाऊछ त्यसपछि आर्थिक निकासा गरौंला भनेँ। यत्तिकैमा विवाद बढ्यो र मेयरसाबले मलाई आक्रमण गरिहाले।’ जिन्सि तथा प्रशासन शाखा प्रमुख यादवका अनुसार प्रशासकीय प्रमुख रमेश दास र मेयर पासवान पटक पटक आएर केहि हुँदैन, बिल मिलाउनुस् भन्दै दवाव दिएको र आफुले नमानेपछि मेयरले कुटपिट गरेको बताएका छन्। मेयर कुटपिटमा उत्रिएपछि आफूले प्रतिकार गरेको पनि उनले बताएका छन्।

यतिबेला पिडित कर्मचारी यादव न्यायका लागि जिल्ला प्रशासन कार्यालय सिरहा गएका छन् । उनले सिडिओ र जिल्ला समन्वय समितिको अध्यक्षलाई आफूलाई मेयरले कुटपिट गरेको जानकारी गराएका छन् ।

प्रकाशित : शुक्रबार, साउन ०४, २०७५१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका राजपाका नेताहरु यस्तो आश्वासन दिएर फर्किए…