चाइना पिपुल्स हस्पिटलमा समाचार संकलन गर्न गएका पत्रकार माथि दुव्र्यहार !

Leaderboard Banner

काठमाडौँ, ‘समय सन्दर्भ’का सम्पादक डिल्लीराम भट्टराईमाथि दुव्र्यहार भएको छ ।

समाचार संकलनका क्रममा काठमाडौँको बौद्धस्थित चाइना पिपुल्स हस्पिटल प्रालि पुग्नुभएका भट्टराईमाथि दुव्र्यहार भएको हो । अस्पतालका सञ्चालक चिनियाँ चाङ छाए इनले आफूलाई भौतिक आक्रमण गरेको र अस्पतालले आफ्ना साथमा रहेको क्यामरा खोसेको पीडित भट्टराईले बताउनुभयो । उहाँले घटना भएपछि बौद्धस्थित प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर भट्टराईमाथि हस्पिटल प्रालिका सञ्चालकबाट गरिएको कुटपिट र क्यामेरा तोडफोडको घटनाको भत्र्सना गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।

प्रकाशित : बिहिबार, साउन ०३, २०७५१९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

२ किलो नक्कली सुन बिक्री गर्न लागेको अवस्थामा ३ जना पकाऊ !