घुस लिएको आरोपमा गुठी कर्मचारी पक्राउ !

Leaderboard Banner

बर्दिवास,महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारी आज ३५ हजार घुस लिएको आरोपमा थलोमै पक्राउ परेका छन् ।

असुली सहायक जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको भनिएको रकमसहित नियन्त्रणमा लिएको हो । अभियुक्त शर्माले सेवाग्राहीसँग गुठीअन्तर्गतको जग्गाको धितो फुकुवा गराइदिने भन्दै घुस मागेको आयोगले आरोप लगाएको छ ।

प्रकाशित : बिहिबार, साउन ०३, २०७५१८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज अपराह्न ५ बजे स्कूल बस दुुर्घटना हुँदा ५८ विद्यार्थी घाइते !