काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १९ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक डा. भट्टराईले जुम्ला पुगेर आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्थाबारे जानकरी लिएका हुन्।डा. केसीलाई भेटेर फर्कने बित्तिकै संयोजक भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा केसीसंगको तस्विरसहित एउटा स्टाटस लेख्दै केसीको स्वास्थ्य अवस्था निकै खस्किएको।
उनको अनसनरत डा. केसीको खस्कँदो स्वास्थ्यस्थितिले चिन्ता बढाएको भन्दै सत्ता पक्षको सानो स्वार्थले करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार काम नभएको आरोप लगाएका छन् । भट्टराईले चिकित्सा क्षेत्रको दिगो सुधारको समाधान खोज्दै डा. केसीको जीवन रक्षा गर्न समेत सरकारसँग आग्रह गर्दै फेसबुकमा यस्तो स्टाटस लेखेका छन् – डा. गोविन्द केसीको खस्कदो स्वास्थ्य स्थितिले चिन्ता बढाएको छ । सत्ता पक्षले आफ्नो सानो स्वार्थ समुहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुन्छ । डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ । यो समय मेरो गोरुको बाह्रै टक्का वा तँ बलियो कि म बलियो भनेर विवाद गर्ने समय होइन । अन्तमा सबैभन्दा बलिया र महान भनेका जनता नै हुन्छन् । दुई तिहाइ बहुमतको सरकारले यो कुरालाई मनन गरेर डा. केसीको सम्बन्धमा विवेकपूर्ण निर्णय लिओस् ।
अन्त्यमा उनले “ह्यासट्रयाक सेभ डाक्टर केसी” लेखेर पोस्ट गरेका छन्।