एजेन्सी – भारतको चेन्नईस्थित अयानवरममा एउटा कल्पना सम्म पनि गर्न नसकिने अमानवीय घटना घटेको छ। चेन्नईको अयानवरम क्षेत्रमा १२ वर्षकी बालिकासँग जुन घटना घट्यो उक्त घटना सुनेपछि तपाईको आश्चर्यमा पर्नु हुनेछ।
चेन्नईको अयानवरमको एउटा अपार्टमेन्टमा २२ जना पुरुषहरुले पछिल्लो ७ महिनादेखि लगातार एक १२ वर्षीय बालिकालाई बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। र, अर्को अचम्म लाग्दो कुरा के छ भने यी २ जना बलात्कारीहरु अरु कोहि नभएर अपार्टमेन्टमा कह्तिएका सेक्युरिटी गर्द, लिफ्ट अपरेटर, दैनिक उक्त स्थानमा पानी पुर्याउन आउने पुरुषहरु समेत रहेका छन्।
ती व्यक्तिहरुले ७ महिनादेखि लगातार शो बच्चीलाई बलात्कार गरिरहे तर उक्त कुराको भनक समेत कसैले पाउन सकेनन्। मिडिया रिपोर्टका अनुसार उनिहारुले ति बालिकालाई नशालु पदार्थ खुवाएर अचेत बनाएर बलात्कार गर्ने गरेका थिए। तर, जब ति यौन पिपासुहरु निकै पिडादायक तवरले बलात्कार गर्न लागे तब ति बालिकालाई असहिय पिडा हुन थाल्यो। त्यसपछि पिडित बालिकाले आफ्नी दिदी र आमाले उक्त घटनाको बारेमा सबै कुरा बताईन अनि घटना बाहिर आयो।
घटना बाहिर आएपछि पिडित बालिकाकी आमाले महिला प्रहरी चौकीमा उजुरी दर्ता गराईन् । त्यसपछि उक्टी अपर्त्मेंटमा काम गर्ने १८ जना व्यक्ति पक्राऊ परे। बयानका क्रममा पिडित बालिकाले आफूलाई उनीहरुले कहिले नशालु पदार्थ मिसाएको कोल्ड ड्रिङ्ग्स खुवाउने त कहिले नशालु सुई लगाइदिने गर्थे। कहिले काहीँ उनीहरुले बालिकालाई नशालु पाउडर सुगाएर पनि अचेत बनाउने गरेका थिए। उनीहरुले बालिकालाई बलात्कार गर्दा उनको अश्लिल भिडियो पनि बनाउने गरेको र बलात्कारको कुरा कसैलाई भनेमा उक्त भिडियो इन्टरनेटमा हालीदिने धम्की समेत दिने गरेका थिए।
सात कक्षामा अध्यनरत पिडित बालिकाले ७ महिना सम्म त बल्ल तल्ल बलात्कारको पिडा सहिन तर अति भएपछि उनले उक्त कुरा गत शनिबार आफ्नी दिदीलाई भनेकी थिइन्। प्रहरीका अनुसार अपार्टमेन्टका ६६ वर्षीय लिफ्ट अपरेटर रवि कुमारले सबै भन्दा पहिले आफ्नो नातिनीकी उमेरकी सो बालिकालाई बलात्कार गरेका थिए।
उक्त घटनाको ३ दिनपपछि रबिले आफ्ना दुई साथीहरुसँग आएर तीन जना मिलेर बालिकाको सामूहिक बलात्कार गरे। उनीहरुले बलात्कार गरेको भिडियो पनि तयार गरे। त्यसपछि उनीसँग सामूहिक बलात्कारीको शृंखला नै चल्यो। संख्या पनि लगातार बढ्दै गयो। त्यसपछि उक्त अपार्त्मेंत्मा काम गर्ने गार्डदेखि अपार्त्मेंत्मा विभिन्न खालका काम गर्ने पुरुषहरुले उनलाई बलात्कार गरे।
यतिबेला १८ जना आरोपित पक्राउ परिसकेका छन् भने अन्य आरोपितको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यस घटनामा संलग्नलाई कानुन बमिजिम कडा भन्दा कडा कारवाही गरिने पर्हरिले बताएको छ।