काठमाडौँ । गए राति भएको विश्वकप फुटबलको फाईनल खेलमामा विश्वभरका खेलप्रेमीहरुको मन जित्न सफल टोली क्रोएसियालाई भाग्यले साथ दिएन।
पहिलो पटक विश्वकप फुटबलमा प्रयोगमा ल्याईएको भिएआर सुविधा क्रोएसियाका लागि धातक बन्यो। खेलको पहिलो हाफ चलिरहँदा डिबग एरियाभित्र क्रोएसियाका इभान परिसिकको ह्यान्ड बल गर्न पुगे। फ्रान्सका खेलाडीहरुले उक्त ह्याण्डको जोडदार अपिल गरे। त्यसपछि उक्त अपिल भिएआरमा गयो र रेफ्रीले पेनाल्टी दिने निर्णय गरे।
प्राप्त पेनाल्टीलाई फ्रान्सका पेनाल्टी स्पेसलिष्ट एन्टोनी गि्रजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाउन सफल भए । अग्रता लिएपछि केहि स्लो खेलिरहेको फ्रान्सको आत्मविश्वास यसरी बढ्यो कि उसले दोस्रो हाफमा पुन २ गोल गर्न सफल भयो। हुन गए रातीको खेलमा अभागी मानिएको क्रोएसियाले पहिलो गोलपनि आत्मघाती गोलस्वरूप फ्रान्सलाई सुम्पेको थियो।
खेलको करिव १९ मिनेटमा क्रोएसियाका खेलाडीले फल गरेपछि फ्री किक पाएको फ्रान्सले हानेको बल डिफेन्सका लागि बसेका क्रोएसियाका खेलाडीको टाउकोमा लागेर गोल हुन पुगेको थियो। त्यसपछि अन्ततः क्रोयसियाले फ्रान्ससँग ४-२ को नतिजाले स्तब्ध हुन पुग्यो ।
क्रोएसियाका प्रशिक्षक इभान पेरिसिकले भने – ‘विश्वकपको फाईनलमा पेनाल्टी मार्फत गोल खानु दुर्भाग्य रह्यो। हामीले विस्व्कापभर उत्कृष्ट प्रदर्शन गर्यौं तर भाग्यले भने साथ दिएन।’ पेनाल्टी दिने रेफ्रीको निर्णय र भिएआर उनले आलोचना भने बरु उनले भने यो खेल अफिसियल र रेफ्रीको निर्णय र त्यसको आफुले सम्मान गर्ने पनि बताए।
उनले भने, ‘हामीलाई खेल विश्वकपको खेल अवधीभर भाग्यले साथ नदिएको हैन तर फाइनलमा दुर्भाग्य भनौँ राम्रो खेल्दा खेल्दै हर व्यहोर्नु पर्र्यो।’
सायद, क्रोयसियाका प्रशिक्षक पेरिसिकलाई फाइनलको दुर्भाग्यले लामै समय पिरोल्नेछ ।