अत्यन्तै शानदार छ प्रियंका चोपडाको न्युयोर्क स्थित घर, पहिलो पटक बाहिर आयो इनसाइड तस्बिर !

Leaderboard Banner

काठमाडौँ : क्राइम ड्रामा शो ‘क्वान्टिको’ बाट हलिउड करियर सुरुवात गरेकी अभिनेत्री प्रियंका चोपडा लामो समय देखि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय छिन्। लामो समय देखि प्रियंका भारतबाहिर छिन् र उनले न्युयोर्कमा एक अपार्टमेन्ट पनि खरिद गरेकी छिन्। हालै एक इन्टरनेशनल वेबसाइटले पहिलो पटक प्रियंकाको घरको केही इनसाइड फोटो शेयर गरेको छ जुन हेरेर साफ हुन्छ कि उनको नयाँ घर निकै लक्जरियस छ। प्रियंकाको उक्त घरमा चार कोठा छ जुन अत्यन्तै इनोभेटिव र आर्टिस्ट स्टाइलमा सिँगारिएको छ। उनको घरको आसपास ठुला-ठुला रेस्टुरेन्ट र ह्यांगआउट प्लेसहरु छ। मिडिया रिपोर्ट अनुसार उनको यो घर करिब २०० करोडको हो।

 हलिउड फिल्ममा व्यस्त भएको कारण उनी बलिउडबाट केही टाढिएकी छिन्। उनी सन् २०१६ मा प्रदर्शित फिल्म ‘जय गंगाजल’ पछि कुनै पनि बलिउड फिल्ममा देखिएकी छैनन्। उनले एक बलिउड फिल्ममा साइन गरेको कुरा ट्वीटरमा पुष्टि गरेकी छिन्।

• यो भन्दा अघि प्रियंका चोपडा निर्देशक अली अब्बास जफरको चलचित्र ‘भारत’ मा पनि साइन गरिसकेकी छिन्। फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिनेछिन्। शुटिंगको लागि उनी अमेरिकाबाट मुम्बई फर्किएकी छिन्। केही दिनमै यसको शुटिंग सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। यो फिल्म अर्को वर्ष सन् २०१९ को अगस्टमा रिलिज हुनेछ।

प्रियंकाको घरको बाहिरी भ्यु।

•••

लब्बी एरिया।

•••

लिभिंग एरिया।

•••

डाइनिंग एरिया।

•••

बाथरूम भ्यु ।

एजेन्सी

प्रकाशित : शनिबार, असार ३०, २०७५१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी WWE स्टार को छोरी छिन् यति धेरै सुन्दर ! तस्विर देख्नु भएमा अचम्मित रहनुहुनेछ !