सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

Leaderboard Banner

काठमाडौँ : शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो। यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

सर्वोच्च अदालतले मिश्रको निवेदनमा साउन २ र झाको निवेदनमा साउन ३ गते छलफलका लागि बोलाउने आदेश गर्दै त्यतिञ्जेलका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

प्रकाशित : शुक्रबार, असार २९, २०७५०७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफैं विपक्षी, आफ्नै नेतृत्वमा आदेश