अब लेखापरीक्षण नगर्नेको नाम तोकेरै कारबाही

Leaderboard Banner

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस गर्ने भएको छ ।

प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो ।

जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ । यो खबर आजको ‘कारोबार’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीय लगायत प्रचलित कानूनबमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ ।

प्रकाशित : शुक्रबार, असार २९, २०७५०७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश