२८ जना भारतीय नागरिक दाङको एउटै होटलबाट पक्राऊ !

Leaderboard Banner
प्रतिकारात्मक तस्विर

काठमाडौँ । दाङबाट २८ जना भारतीय नागरिक पक्राउ परेका छन्। त्यहाँको तुलसीपुरमा रहेको मुनाल पाहुना घरबाट बिहीबार २८ भारतीय नागरिक पक्राउ परेका हुन्।

उनीहरुले करिव एक सातादेखि होटेलमा बसेर विभिन्न खालका अवैध कारोबार गरेको गोप्य  सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका ति भारतीयहरुबाट केहि मोबाइल सेटहरु  र दर्जनौं ग्यास चुलो बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुले भन्सार छलेर ल्याएका चोरीका समानहरु गाउँ गाउँमा पुगेर बिक्रि गर्ने गरेका थिए।

भारतिय नागरिक बहराईचका नन्के शर्माको नेतृत्वमा रहेको २८ जनाको टोलीले तुलसीपुरमा अवैध सामान कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको छ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आगामी भदौं महिनादेखि मोहियानीको हक पूर्ण रुपले हटाईदै… !