‘नेपालमा नयाँ राजारानीको जन्म भएछ’ !- सांसद लिङ्देन

Leaderboard Banner

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले नेपालमा नयाँ राजारानीको जन्म भएको बताएका छन् । बिहिबार संसदमा बोल्दै सांसद  लिङ्देन सन् २००८ देखि २०१७ सम्ममा स्वीस बैंकमा ३३ अर्व रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिनको मग गरेका छन्।

उनले भने – ‘पहिले पहिले हामी सानो हुँदा सुन्थ्यौं, नेपालका राजारानीले नेपालको सबै सम्पत्ति स्विजरल्यान्डको बैंकमा लगेर राखेका छन्, त्यो पैसा सबैलाई बढ्ने हो भने सबै नेपालीलाई ४ तोला सुन पुग्छ।’ अहिले नेपालमा नयाँ राजा रानीको जन्म भएछ, ती राजारानी को को हुन् चिन्न पाए हुन्थ्यो, आजको संसद बैठकमा विशेष समयमा बोल्दै उनले भने।

उनले राजसंस्थाको अन्त्यपछि नेपालमा सन् २००८ देखि २०१७ सम्ममा नेपालको ३३ अर्व भन्दा बढी सम्पत्ति स्विस बैंकमा जम्मा गरिएको र त्यसको तत्काल छानबिन हुनु पर्ने माग संसदमा राखे।

साना दललाई उपेक्षा गरेर संसदीय सुनुवाइ समिति गठन गरिएको भन्दै सांसद लिङ्देनले आपत्ति समेत जनाएक छन् ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१८:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुण्डा नाइके दावाका सहयोगी सत्यमानलाई सांसद नविना लामाले छुटाइन् !