काँग्रेस सांसद गिरीको कटाक्ष: लोकतन्त्रमा सरकार डराउछ, तानाशाहमा जनता !

Leaderboard Banner

काठमाडौं । नेपाली काँग्रेसका सांसदका प्रदीप गिरीले वर्तमान सरकारलाई कटाक्ष गर्दै लोकतन्त्रमा सरकार डराउने र तानाशाहमा जनता डराउने बताएका छन्। बिहिबार संसदमा बोल्दै सांसद गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई सरकारले दुर्व्यवहार गरेर जनता तर्साउन खोजेको आरोप लागाएका छन्।

उनले शक्तिशाली प्रधानमन्त्री एउटा समान्य उपकुलपति तागत देखाउन खोज्नु उपयुक्त नभएको बताए। संसदमा विशेष समय लिएर बोल्ने क्रममा उनले यो उपकुलपति जस्तो सामान्य नागरिकलाई ताकत-तुजुक देखाउने बेला नभएको भन्दै प्रधानमन्त्रीको गरिमा बढाउने काम गर्न प्रम केपी शर्मा ओलीलाई  सुझाव दिए।

केहिदिन अघि संस्कृत विश्वविद्यालयबाट क्यानडाको एउटा सम्मेलनमा जान लगेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै प्रहरीले विमानस्थलबाट सिधै बालुवाटार लागेको थियो । उनलाई करिव एक घण्टा जति त्यहाँ प्रतीक्षा गराएर प्रधानमन्त्री ब्यस्त भएको भन्दै उनलाई त्यहाँबाट फर्काईएको थियो।

उपकुलपति कोईरालाले उक्त घटनापछि आफुलाई दुर्व्यवहार भएको भन्दै मानवअधिकार आयोगमा उजुरी समेत दिइसकेका छन् ।

सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुर्व्यवहार गरिएको भए माफी माग्नुपर्ने बताए । गिरीले यदि यो घटना अन्जानमा भएको भए या प्रधानमन्त्रीलाई थाहै नदिईकन भएको हो भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नु पर्ने बताए।

प्रकाशित : बिहिबार, असार २८, २०७५१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘नेपालमा नयाँ राजारानीको जन्म भएछ’ !- सांसद लिङ्देन