आफ्नै कार्यकर्ता कुटपिट गरेको आरोपमा नेविसंघका नेता पक्राऊ !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौं । काँग्रेसको भातृ संस्था  नेपाल विधार्थी संघ (नेविसंघ ) आफ्नै कार्यकर्तालाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा नेवि संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाही पक्राऊ परेका हुन्।

कुटपिटको आरोपमा पक्राउ परेका शाहीविरुद्ध सार्वजनिक मुद्धामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यतिबेला महानगरीया प्रहरी वृत किर्तिपुरमा हिरासदमा रखिएको छ।

महानगरीय  प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार के कारणले आफ्नै कार्यकर्तामाथी शाहीले हातपात गरे भन्ने विषयमा यतिबेला विस्तृत रुपमा अनुसन्धान प्रक्रिया थलिएको छ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस सांसद गिरीको कटाक्ष: लोकतन्त्रमा सरकार डराउछ, तानाशाहमा जनता !