मोस्ट वान्टेड गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान पक्राउ !

Leaderboard Banner

काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहिबार पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट पक्राउ परेका हुन् । गुण्डा नाइके  सहयोगी सत्यमान पक्राउ परेको पुष्टि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले गरेका छन् ।

पक्राउ परेका लामाविरुद्ध गुण्डागर्दी, लुटपाट, तथा अवैध डलर कारोबारमा संलग्न भएको अभियोग छ। उनलाई काठमाडौँ प्रहरी परिसरले तीब्र गति खोजी रहेको थियो ।

गत वर्ष काभ्रेमा किसानहरुको बुद्धचित्त मालाको तस्करी काण्डमा पनि सत्यमानमा मुसिएका थिए। उनीविरुद्ध रक्तचन्दन तस्करीको पनि आरोप छ।

पक्राउ परेका उनीसँग प्रहरी प्रेसरले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खिसीटिपी गर्दै सामाजिक सञ्जालमा पानी जहाजका कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ