आमाले इन्टरनेट चल्ने मोबाईल चलाउन नदिएको भन्दै छोरीले गरिन् आत्महत्या !

Leaderboard Banner

एजेन्सी । अर्घाखाँचीमा आमाले इन्टरनेट चलाउन नदिएकै कारण एक जना युवतीले आत्महत्या गरेकी छन्। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६  खिल्जी खमारीबासकी १५ वर्षीय सुनिता थापाले इन्टरनेट चल्ने मोबाइल आमाले चलाउन नदिएपछि आत्महत्या गरेकी हुन्।

पढ्ने बेला मोबाईल नचलाउन नानी भन्दै आमा रमा थापाले सम्झाएर मोबाइल नचलाउन आग्रह गर्दा निकै जिद्दी स्वभाव भएकी छोरी सुनिताले रिसाएको झोकमा आत्महत्या गरेकी गरेको बताईएको छ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका  डिएसी नवराज मल्लले यो घटना घट्नुको प्रमुख कारण आमाले मोबाईल चलाउन नदिनु रहेको बताएका छन्। उनले भने – ‘सुनिताले मृत्युको बाटो रोज्नुको कारण मोबाईल चलाउन नपाउनु रहेको देखिन्छ। सुनिताले उक्त कुरा सुसाईट नोटमा समेत उल्लेख गरेकी छन्। ‘

सुनिताले सुसाईट नोटमा लेखेकी छन् – ‘मैले बाबालाई सानैमा पनि देख्न पाईन । एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु ।’  सो सुसाईट नोटमा उनले आफू सानै हुँदा मृत्यु भएका बुबालाई पटक पटक “आई लभ यू ड्याडी” भनेर लेखेकी छन्।  उक्त नोटमा उनले आमालाई एक पटक मात्र ‘आई लभ यू’ भनेकी छन्।

यसरी हेर्दा उनले सानैमा बुबा गुमाएको र बुबालाई देख्न नपाएको कुरा मनमा खेलाएर मानसिक रुपमा विक्षिप्त हुने गरेको  बुझ्न सकिन्छ। जसको कारण वास्तविकता भन्दा पनि काल्पनिक कुरामा बढी बहकिएर उनले आत्महत्या गर्ने सम्मको आँट संकलन गरेको हुन सक्छ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोस्ट वान्टेड गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान पक्राउ !