लगातार घट्दै सुनको मूल्य: हेर्नुहोस्, यस्तो छ आजको भाऊ ?

Leaderboard Banner

काठमाडौं । नेपाली बाजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। बुधवार प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर ५७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी  बुधबार प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज घटेर प्रतितोला ५६ हजार ९ सय पुगेको संघले जनाएको छ।

बिहिबार चाँदी भने प्रतितोला पाँच रुपैयाँले घटेर ७५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!