यी यति धेरै बोल्ड महिला कुनै मोडल नभएर यस देशकी राष्ट्रपति हुन्: हेर्नुस् कुन देशकी हुन् उनी ?

Leaderboard Banner

एजेन्सी ।  यतिबेला रसियामा जारी विश्वकपमा क्रोएसियाले सनसनी मच्चाई रहेको छ। गए रातिको सेमिफईनल खेलमा बलियो राष्ट्र इंग्ल्याण्डलाई पाखा लगाउँदै विश्वकपको फाईनलमा पुगेको क्रोएसियाको यतिबेला विश्वभर चर्चा भैरहेको छ।

यसैबीच क्रोएसियाकी सुन्दर महिला राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचले आफ्नो देशका खेलाडीको हौसला बढाउन दर्शक बनेर स्टेडियममा पुगेर फुटबल हेरेकी छन्। त्यहाँ रहँदा उनले आफ्ना खेलाडीहरुले गोल गर्दा र खेल जितिसकेपछि  खुसि बनाएको भिडियो पनि इन्टरनेटमा निकै भाईरल बन्यो।

उनीले विश्वकपको क्वाटरफाइनलमा क्रोएसियाले रसियाविरुद्ध खेल्दै गर्दा खेल अवधिभर स्टेडियममै रहेर राष्ट्रिय टोलीको ड्रेस नै लगाएरखेल हेरेकी थिइन्। जहाँ हामीले भिडियोमा देख्न सकिन्छ रुसमाथि आफ्नो देशले जित हात पारेपछि उनले खुशी मनाइरहेकी छिन् । क्रोएशिया संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपतिको रुपमा चिनिने गरिन्छ ।

हुन् त यस भन्दा पहिले पनि कोलिन्डा सामुन्द्रिक किनारमा बिकिनी अवतारमा खिचाएको फोटोले विश्वभर  हंगामा नै मच्चिएको थियो। विश्वकी बोल्ड राष्ट्रपति भन्दै विश्वभरका मिडियाहरुले उनको उक्त तस्वीरलाई सम्प्रेषण गर्दै विभिन्न समाचारहरु बनाएका थिए।

कोलिन्डा क्रोएशियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् । सन् १९९६ मा जेकोभ किटारोभिचसँग बिहे गरेकी उनका दुई सन्तान क्याटरिना र लुका रहेका छन् ।

प्रकाशित : बिहिबार, असार २८, २०७५११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमले लेखेको ‘निकै अर्थपूर्ण’ पत्र शेयर गरे [ पत्रसहित ]