क्रोएशियासँग हारेको इंग्ल्याण्डलार्इ लाग्यो गम्भीर आरोप: फिफाले तिराउने भयो ७७ लाख जरिवाना !

Leaderboard Banner

एजेन्सी । रसिया विश्वकप फुटबलको सेमिफाईनलमा गए रातिको खेलमा  क्रोएशियासँग २-१ गोलले हारेको इंग्ल्याण्डलार्इ हारको पिडासँगै अर्को लफडा आई लागेको छ।

बुधाबर अप्रत्यासित हार व्यहोरेको  इंग्ल्याण्डविरुद्ध फिफाले  अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने निर्णय गरेको हो।

विश्वकपको क्वार्टरफाइनलमा स्वीडेन विरुद्धको खेल भइरहँदा  इंग्ल्याण्डका खेलाडीहरुले प्रयोग गरेका मोजामा अनाधिकृत लोगो प्रयोग भएको भेटीएपछि फुटबलको सर्वेच्च संस्था फिफाले इंग्ल्याण्डलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

विश्वकपको आचारसंहिता विपरितको कार्य भएको पाइएपछि  फिफाले विज्ञप्ति नै जारी गर्दै इंग्ल्याण्डका खेलाडीले खेलअघि र खेलका दौरान अनाधिकृत कमर्सियल ब्रान्डिङहरुको प्रयोग आफ्नो खेल सामाग्रीमा गरेको पाइएकाले जरिवाना तिराइएको उल्लेख छ ।

फिफाको मिडिया र मार्केटिङ निर्देशन अन्तर्गत फिफालाई प्रायोजन गर्ने बाहेकका कम्पनीका लागो वा अन्य कुनै प्रचार हुने सामाग्री खेलाडीले खेलअघि वा खेलको अवधिमा लगाउन पाइदैन।

इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले उक्त खेलका दौरान फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजामाथि अनाधिकृत अर्को मोजाको प्रयोग गरेको भेटिएको थियो ।

प्रकाशित : बिहिबार, असार २८, २०७५११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सन्दीप लामिछाने केही बेरमानै काठमाडौं आइपुग्ने !