बेलाबेलामा नग्नता प्रदर्शन गरी तहल्का मच्चाउने पूनम पाण्डे नेपाल आउँदै

Leaderboard Banner

काठमाडौँ : चर्चित भारतीय मोडेल तथा चलचित्र अभिनेत्री पूनम पाण्डे नेपाल आउने भएकी छिन्। आगामी १५ जुलाईमा हुने विश्वकप फुटवलकाे फाइनल फ्रान्स र क्रोसियाबीचको खेल हेर्न उनी काठमाडौँको दरबारमार्ग स्थित क्लब डेजावुमा आउन लागेको एक भिडियो सन्देश मार्फत उनी स्वयमले जानकारी दिएकी हुन्।

उनले आफूले नेपाल र नेपालीलाई हमेशा माया गर्ने उल्लेख गर्दै दर्शकलाई आफूले नेपालीको लागि कुन टिमलाई सपोर्ट गर्ने भन्ने सल्लाह मागेकी छिन्। यदि आफूले सपोर्ट गरेको टिमले जितेमा नेपाली दर्शकको निम्ति अवश्यै सर्प्राइज दिने बताएकी छिन्।

बलिउडकी विवादास्पद मोडल पूनम पाण्डे बेलाबेलामा चर्चा र विवादमा आउने गर्छिन् । उनी आफ्नो हट भिडियो बनाएर सामाजिक सञ्जाल र मिडियामा तहल्का पिट्न माहिर मानिन्छिन् । उनी नग्नता प्रदर्शन गर्न समेत अलि कति पनि हिच्किचाउदिनन्। उनी आफ्नो नग्न फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन्।

उनी क्लब डेजावुमा अाउने भएपछि क्लबमा अग्रिम सहभागिताको लागि दर्शकको माग हुन् थालेको छ।

भिडियो हेर्नुहोस् :

Special guest appearance by POONAM PANDEY this Sunday at Club Déjà vu!!!
Be there to meet & greet her + there’s another surprise! Stay updated 😉

Posted by Club Deja Vu on Wednesday, 11 July 2018

प्रकाशित : बिहिबार, असार २८, २०७५०९:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘सञ्जु’ हेरे पछि भावुक भए सञ्जय दत्त, २० मिनेटसम्म हलमै धुरुधुरु रोए