४ जना सवार मोटरसाईकल कारसँग ठोक्किँदा २ को मृत्यु, २ घाईते !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ । रुपन्देहीमा ४ जना सवार मोटरसाइकल कारमा आएर ठोक्किदा २ जनाको मृत्यु भएको छ, २ जना घाइते भएका छन् ।

शो दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । जिल्लाको गैडहवा गाउँपालिका ४ जना चढेर तिब्र गतिमा आइरहेको ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल  बा १९ च ४२१ नम्बरको कारमा आएर ठोक्किदा गैडहवा २ बस्ने २६ वर्षका कायर पासी, सोही स्थानकै २७ बर्षका घिसन पासीको मृत्यु भएको छ। उनिहरु दुर्घटनापछि  अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरुमा गैडहवा – २ का मोहितलाल पासी र सोहि स्थानका २६ वर्षीय छन्नु पासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलले जनाएका छन्।

दुर्घटनाका घाइतेहरुको अहिले भैरहवाको मेडिकल कलेजमा उपचार भइरहेको छ । हेल्मेट नलगाईकन ४ जना एउटै मोटरसाइकलमा चढेर तिव्र गतिमा आई कारसँग ठेक्किएर शो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटर्साइकले ठक्कर दिएको कारका चालक गोपाल उपाध्याय प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले बताएको छ ।

प्रकाशित : बुधबार, असार २७, २०७५१९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

इंग्ल्याण्डलाई हराएर विश्वकपको फाईनलमा पुगेको क्रोएसियाले बनायो यस्ता ठूला ५ रेकर्ड !