सीसी टिभी र ताल चाबी फोडेर चोरी गर्ने २ जना पक्राऊ !

Leaderboard Banner

काठमाडौं । काठमाडौँ उपत्यकामा सीसी टिभी तथा ताला चाबी फुटाएर छोरि गर्दै हिड्ने दुई जना पक्राऊ परेका छन्।  महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानमा घर, सहकारी तथा वित्तिय संस्थाको ताला फोडेर सीसी टीभी समेत फुटाउँदै चोरी गर्ने गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला घर भएका २९ वर्षीय बुद्धे, दिपेश भनिने बुद्धबहादुर तामाङ  र सोहि जिल्लाका २२ वर्षीय सुजन तामाङ रहेका छन्। उनीहरु असार ९ गते काठमाडौँ को तारकेश्वर नगरपालिका – ९ सथैत शुभकामना चोकमा रहेको कोपिला धमलाको घरमा ताला फुटाएर घरमा रहेको ११ लाख ८२ हजार रुपैयाँ र सुनको ब्रासलेट चोरी गरेर फरार भएका थिए।

प्रहरीले अनुसन्धानको क्रममा उनीहरुसँग चोरीको १ लाख ९९ हजार रुपैयाँ,  चोरीमा प्रयोग गरिने  फलामको रड, सुनचाँदीकका गरगहना, घडी लगायतको सामाग्रीहरुसहित नियन्त्रण छ।

पक्राउपछि गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले बालाजु, मनमैजु, पुरानो गुहेश्वरी र ललितपुर हात्तिवन लगायतका क्षेत्रमा चोरी कार्य गरेको खुल्न आएको छ । अहिले उनीहरुसँग थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, असार २७, २०७५१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

४ जना सवार मोटरसाईकल कारसँग ठोक्किँदा २ को मृत्यु, २ घाईते !