टिपर आतंक बढेपछि सरकारले ल्यायो नयाँ नियम: अब राती ८ बजेसम्म टिपर चलाउन नपाईने !

Leaderboard Banner

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो समय टिपर आतंक बढेपछि उपत्यका भित्रका ३ जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा सकारले दिउँसोमा टिपर चलाउन नपाइने व्यवस्था ल्याएको  छ।  ।

पछिल्ला दिनहरुमा टिपरकै कारणले सवारी दुर्घटना बढेको भन्दै गृहमन्त्रालयले यस्तो नियम ल्याएको हो। मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसोको समयमा टिपर चलाउन नदिन निर्देशन दिईसकेको छ ।

अबदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउन दिईने व्यवस्था गर्न लागीएको गृह स्रोतले जनाएको छ। अब यस्तो निर्णयपछी तिपर्का कारणले हुने दुर्घटनाहरुमा कमी आउने विश्वास गरिएको छ।

टिपर दुर्घटनाको कुरा गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा घटनामा टिपरको संलग्नता रहेको देखिन्छ।

हिजो मंगलबार मात्रै काठमाडौँको जडिबुटीमा टिपरले ठक्कर मोटरसाइकल दिँदा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको थियो। उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।]

पछिल्लो समय टिपरको ठक्करबाट धेरैले ज्यान गुमाउने गरेका करण आजभोली टिपरलाई यमदुत पनि भन्न थालिएको छ।  तिपर्का कारणले सधैजसो दुर्घटना हुन थालेपछि  यसबारे गृह मन्त्रालयले चासो देखाए हो।

प्रकाशित : बुधबार, असार २७, २०७५१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सीसी टिभी र ताल चाबी फोडेर चोरी गर्ने २ जना पक्राऊ !