सडकका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्री ओलीको निर्देशन !

Leaderboard Banner
फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्नका लागि निर्देशन दिएका छन् ।

त्यस्तै  कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीका सडकको दुरावस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै तत्काल एक्सनमा जान समेत उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् ।प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरलेजारी विज्ञप्तिमा बताईएको छ ।

प्रकाशित : बुधबार, असार २७, २०७५१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्री ओलीद्वारा ‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण