बलिउडको यस अभिनेताले पछिल्लो १५ वर्षमा दिएका छैनन् एक पनि हिट फिल्म, फेरि पनि करौडौं सम्पत्तिको मालिक

Leaderboard Banner

काठमाडौँ : बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको फिल्म फ्लप भए तापनि उनीहरुसँग करौडौं पैसा छ। बलिउड अभिनेता विवेक ओबेरोयलाई त तपाईले अधिकांस फिल्महरुमा देख्नु भएकै होला। यद्यपि विवेक ओबेरोयले बलिउडमा पछिल्लो १५ वर्षमा एक पनि हिट फिल्म दिएका छैनन् तर उनको फिल्म ‘कृष ३’ हिट साबित भएको थियो।

• शहिद सैनिकका परिवारलाई दिए २५ नयाँ फ्लाट

विवेक ओबेरोय सम्पन्न र प्रतिष्ठित अभिनेताको रुपमा चिनिन्छन्। अभिनेता विवेक ओबेरोय तब चर्चामा आएका थिए जब उनले मुम्बईबाट ठाणेमा पुगी शहिद सैनिकका परिवारलाई २५ नयाँ फ्लाट दिने घोषणा गरे।

उनको यस निर्णयले स्पष्ट देखाउँछ कि उनी समाज प्रति धेरै गम्भीर सोच राख्छन्। उनको यस फैसलाले दर्शक अत्यन्तै खुशी भएका थिए।

यस फैसलाले थुप्रै मानिसहरुका मनमा अनेक सवालहरु उठेको थियो कि आखिर उनको यति धेरै सम्पति आयो कहाँबाट ? किनकी उनले खासै धेरै फिल्महरुमा काम पनि गरेका थिएनन्।

विवेक ओबेरोयको जन्म ३ सेप्टेम्बर १९७६ मा एक भारतीय परिवारमा भएको थियो। राम गोपाल वर्माको फिल्म कम्पनी(२००२) बाट उनले आफ्नो करियरको सुरुवात गरेका हुन्।

यस फिल्मबाट राम्रो प्रदर्शनको लागि उनले फिल्मफेयर बेस्ट मेल डेब्युको लागि र सर्वश्रेष्ठ सहायक अभिनेता लागि पुरस्कृत गरिएको थियो।

९० करोड सम्पत्तिको एक्लो मालिक

फिल्म ‘रक्त चरित्र’ र ‘कृष-३’ मा उनको अभिनयको खुबै प्रशंसा गरिएको थियो। तपाईलाई शायद थाहा नहुन सक्छ कि विवेक ओबेरोय एक फिल्मको लागि ४ करोड रुपियाँसम्म लिन्छन्।

केवल यति मात्र नभई उनी स्वयमको एक प्रोडक्शन हाउस पनि छ। विवेक ओबेरोयको १ करोड ४० लाख डलरको सम्पत्ति छ। यानी कि भारतीय रुपियाँको हिसाबले ९० करोड सम्पत्तिको मालिक हुन् विवेक ओबेरोय। एजेन्सी

प्रकाशित : बुधबार, असार २७, २०७५१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बेलाबेलामा नग्नता प्रदर्शन गरी तहल्का मच्चाउने पूनम पाण्डे नेपाल आउँदै