चिनले धानिदिएको रुसमा जारी विश्वकप !

Leaderboard Banner

मस्को । विश्व फुटबल महासंघ (फिफा) मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो ।

दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या र आर्थिक समृद्धिको हिसाबले उत्कृष्ट छलाङ मारिरहेको चीनले फिफाको पछिल्लो मर्मलाई राहत पुर्‍यायो ।

विश्वकपमा सहभागी नजनाए पनि चिनियाँ कम्पनीहरूले विश्वकपमा अर्बौं अमेरिकी डलर प्रयोजन गरेका छन् । जारी विश्वकपमा सहभागी नभए पनि चीनले विश्व फुटबललाई ऐतिहासिक सहयोग गरिरहेको फिफाका सञ्चार प्रमुख फिलिप ले फ्लोच बताउँछन् । ‘फिफामा के भएको थियो भन्ने सबैलाई थाहा छ ।

भ्रष्टाचारका कारण दूषित बनेको विश्व फुटबललाई चिनियाँ लगानीले ठूलो टेवा दिएको छ । पश्चिमा राष्ट्रका कम्पनीहरूले फुटबलबाट हात झिकेका थिए । त्यसपछि फिफा आर्थिक हिसाबले कठिन मोडमा थियो । यस्तो अवस्थामा चिनियाँ बहुर्राष्ट्रिय कम्पनीहरूले फुटबललाई गतिलो साथ दिएका छन्,’ फिलिप भन्छन् ।

प्रकाशित : बुधबार, असार २७, २०७५१४:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्रोएशियासँग हारेको इंग्ल्याण्डलार्इ लाग्यो गम्भीर आरोप: फिफाले तिराउने भयो ७७ लाख जरिवाना !