रियल लाइफमा अत्यन्तै हट र ग्लामरस छिन् ‘मुन्नी’ की आमा, हेर्नुहोस् यी तस्बिर विश्वासै गर्नुहुन्न

Leaderboard Banner

काठमाडौँ : सलमान खानसँग फिल्म ‘बजरङ्गी भाईजान’ मा ‘मुन्नीकी आमा’ को भूमिका निभाएकी अभिनेत्री मेहर विज(Meher Vij) रियल लाइफमा अत्यन्तै हट र ग्लामरस छिन्।

‘बजरङ्गी भाईजान’ मा मेहर अत्यन्तै सिम्पल लुकमा देखिएकी थिईन। यस फिल्ममा उनले एक पाकिस्तानी महिलाको भूमिका निभाएकी थिईन।

‘बजरङ्गी भाईजान’ पछि मेहर विज आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा पनि देखिएकी थिईन।

मेहरलाई फिल्ममा उनको रोलको लागि अधिक मन पराइएको छ तर अफ स्क्रिन उनलाई फ्यानहरुले शायदै देखेका छन् होलान्।

मेहर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।

उनी प्राय: आफ्नो सुन्दर फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिरहन्छिन्।

मेहरका यी तस्बिरहरुमा लाइक र कमेन्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका कुनै कमी छैन।

मेहरका यी तस्बिरहरुमा स्पष्ट देख्न सकिन्छ कि उनी सुन्दरता र हटनेसको परफेक्ट कम्बिनेशन हुन्।

मेहरको जन्म ७ जुन सन् १९८६ मा भएको थियो। अहिले उनी ३२ वर्षकी भएकी छिन्।

मेहर फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री पुरस्कारबाट पनि सम्मानित भईसकेकी छिन्।

फिल्मको साथ-साथै मेहर टेलिभिजन इन्डस्ट्रीको पनि लोकप्रिय अनुहार हो।

मेहरले ‘किस देश में है मेरा दिल’ र ‘राम मिलाई जोडी’ जस्ता टेलिभिजन शोहरुमा गरिसकेकी छिन्।

५ जुलाई २००९ मा मुम्बई स्थित एक होटेलमा मेहर मानव विजसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन।

विवाह अघि मेहरको नाम वैशाली सहदेव थियो।

सामाजिक सञ्जालमा मेहरको जबरदस्त फ्यान-फलोइंग छन्।

मेहरको तस्बिरमा साफ देख्न सकिन्छ कि उनी रियल लाइफमा एक मस्ती रुचाउने महिला हुन्।

फ्यानहरुले ‘बजरङ्गी भाईजान’ र ‘सिक्रेट सुपरस्टार’ मा मेहरको सिम्पल लुकलाई निकै मन पराएका थिए।

मेहर लाइमलाइटबाट दूर रहन मन पराउँछिन्। एजेन्सी

प्रकाशित : बुधबार, असार २७, २०७५१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बलिउडको यस अभिनेताले पछिल्लो १५ वर्षमा दिएका छैनन् एक पनि हिट फिल्म, फेरि पनि करौडौं सम्पत्तिको मालिक