पत्रकार ऋषि धमला पत्नी एलिजाको चलचित्र ‘अनुराग’ को पोस्टर सार्वजनिक !

Leaderboard Banner

काठमाण्डौ । सञ्चारकर्मी ॠषि धमला पत्नी एलिजा गौतमद्वारा अभिनित तथा निर्मित चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक गरिएको छ । केहि समय अगाडि नै चलचित्रको गीत एउटा गीत रिलिज गरिसकिएको थियो। उक्त गीतले युटुबमा राम्रो भ्यू पनि पाएको थियो।

अहिले सार्वजनिक भएको चलचित्रको पोष्टरमा एलिजा र नायक समुन्द्र पण्डितबीचको रोमान्सलाई देखाईएको छ। यो चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका छन् भने  भरत गौतम र गीता भेटवालको लगानी रहेको छ।

चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ ।

यस चलचित्र असोज १२ गतेबाट रिलिज हुने तयारीमा छ ।

प्रकाशित : बुधबार, असार २७, २०७५१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रियल लाइफमा अत्यन्तै हट र ग्लामरस छिन् ‘मुन्नी’ की आमा, हेर्नुहोस् यी तस्बिर विश्वासै गर्नुहुन्न