अछाममा ब्रेक फेल हुँदा जीप दुर्घटना: ५ घाइते !

Leaderboard Banner

काठमाडौँ । अछाममा जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन्। जिल्लाको जयगढ बजारबाट साँफेबगरका लागि हिँडेको  से१त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

शो दुर्घटनामामा  ५ जना घाइते भएका छन् । घाईते हुनेहरुमा बान्नीगढी जयगढ गाउँपालिका-५ का सेतु परियार र वडानम्बर ६ का दिनेश परियार, रामाारोशन गाउँपालिका-७ का मनपती भण्डारी, कलसी भण्डारी र पदम परियार रहेका छन्।

दुर्घटनामा मनपति, कलसी र पदम सामान्य उपचारपछि घर फर्किसकेका छन् भने  भने दिनेश र सेतुको टाउकोमा चोट लागेको हुँदा टाँका लगाउने कामपछि थप उपचार भईरहेको जिल्ला प्रहारी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा परेको जीप चालक प्रहरीले नियन्त्रणमा रहेका छन्। जीपको ब्रेक फेल भइ सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अछामको उक्त स्थान नजिकै यसअघि पनि दुई वटा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : बुधबार, असार २७, २०७५१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपर आतंक बढेपछि सरकारले ल्यायो नयाँ नियम: अब राती ८ बजेसम्म टिपर चलाउन नपाईने !