सबैभन्दा महँगो फिल्म ‘२.०’ को रिलिज डेट तय, रजनी-अक्षय हुनेछन् आमने-सामने

Leaderboard Banner

काठमाडौँ : रजनीकान्त-अक्षय कुमार स्टारर ‘२.0’ सबैभन्दा महँगो फिल्म भएको बताईएको छ। तर यसको रिलिज डेट कुनै न कुनै कारण अगाडी सरिरहेको छ। अब यसको रिलिज डेट फेरि एक पटक तय भएको छ। यो फिल्म यसै वर्ष आगामी २९ नोभेम्बरमा रिलिज हुनेछ।

यो फिल्म यसै वर्ष गत अप्रिलमा रिलिज हुने भनिएको थियो। त्यस पछि यसको रिलिज डेट अगस्तमा सारियो तर अगस्टमा अक्षय कुमारको ‘गोल्ड’ पनि आउँदैछ। त्यस पछि खबर आएको थियो कि यो फिल्म यस वर्ष २०१८ मा रिलिज हुने छैन। तर अहिले निर्माताले यसै नोभेम्बरमा रिलिज गर्ने निर्णय गरेको छ।

‘२.०’ सबैभन्दा महँगो भारतीय फिल्म होर र रिलिजमा ढिलाईको कारण यसको खर्च बढ्दै गईरहेको छ। भारतको सबैभन्दा महँगो फिल्म भनिएको २.० लाई फिल्म उद्योगको सबैभन्दा प्रतिक्षित प्रोजेक्टको रुपमा देखिएको छ। यस फिल्ममा रजनीकान्त बाहेक बलिउड अभिनेता अक्षय कुमार पनि नेगेटिभ लिड रोलमा छन्। साइन्स-फिक्सनमा आधारित यस फिल्मको बजेट करिब ४०० करोड रुपियाँ भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

केही समय अघि यस फिल्मको टिजर लिक भएको थियो। एजेन्सी

प्रकाशित : बुधबार, असार २७, २०७५०८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नो अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै सञ्जय दत्तकी पत्नी