डा. केसीको अनसन, ‘नेपालगञ्ज छोडेको जुत्ता बसपार्कका खोजेझैँ’

Leaderboard Banner

काठमाडौं । मंगलबारको राष्ट्रिय सभाको बैठकमा सत्तारुढ दल नेकपा सांसद  कालिबहादुर मल्लले जुम्लामा अनसनरत प्रा डा गोविन्दको मागको समर्थन गरेका छन्।

सांसद मल्लले आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै डा केसीका मागहरु प्रति आफू हिजो र आज पनि सहमत रहेको बताएका हुन्। उनले भर्खरै मात्रै विधेयक संसदमा दर्ता भएको भन्दै त्यसको खबरदारी गर्नु पर्ने भएकाले अनसन तोडेर आउन डा केसीलाई आग्रह गरे। डाक्टर भगवानको रुप हुने भन्दै सांसद मल्लले भने -‘भगवान आँफै बाटोमा लम्पसार परे भक्तको अवस्था के होला?’ राज्यलाई आवश्यक कुरामा खबरदारी गर्नु र झक्झक्याउनु राम्रो कुरा भएको उल्लेख गर्दै उनले अब संसद र सरकारको ध्यानाकर्षण भएको भन्दै अनसन तोडेर डा केसी काठमाडौँ आउनु पर्ने उनले बताए।

मल्लले विधेयक भर्खर दर्ता भएकाले त्यसको खबरदारीको लागि दवाव दिन, केसीले अन अनसन तोडेर वार्तामा आउनु पर्ने तर्क गरे। ‘जनताको अभिमत संसदमा व्यक्त हुन्छ, जननिर्वाचित सांसदले कानुन बनाउने अधिकार स्वीकार गरि अब वार्तामा आउनु पर्दछ’, उनले भने ।

उनले एउटा दृष्टान्त दिंदै भने – डा. केसीले अनसन नतोड्ने घोषणा गरेको सुनिएको छ, यो  ‘नेपालगञ्ज छोडेको जुत्ता बसपार्कका खोजेझैँ’ हो। पुन: उनले यसलाई ब्याख्या गर्दै भने, अब नेपालगञ्जमा बस चड्दा हराएको काठमाडौँको बसपार्कमा आएर खोजेर हुन्छ त्यसले समस्या जहाँ छ त्यहाँ पुगेर त्यसको हल गर्ने काम नै ठिक हुन्छ।’

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सडकका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्री ओलीको निर्देशन !