जडिबुटी दुर्घटना: टिपरको ठक्करबाट मृत्यु हुने र घाइतेको विवरण खुल्यो !

Leaderboard Banner

काठमाडौँ  –  काठमाडौँको जडिबुटीमा ट्रीपरले मोटरसाइकललाई ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते  ।

मंगलबार काठमाडौँको जतिबुटीमा बा८५ प ७१६ नम्बरको मोटरसाइकललाई टिपरले पछाडिबाट ठक्कर दिँदा मोटरसाईकालमा पछाडि सवार भक्तपुरको सल्लाघारी स्थायी घर भएका रोयल सुबेदीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै उक्त दुर्घटनामा मोटरसाईकल चालक सोहि स्थानका अमन ढुंगेल घाइते भएका छन् ।

उनको बायाँ खुट्टामा चोट लागेको छ । उनको अहिले नयाँ बानेश्वोरको सिभिल अस्पतालमा उपचार भैरहेको हाम्रा संवाददाता सरोज दाहालले जनाएका छन्।

यसअघि पनि जेठ ३० गते जडिबुटीमै टिपरले स्कुटरलाई ठक्कर दिँदा काभ्रेकी अस्मिता भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटर चालक आषिश जोशी रहेका घाईते भएका थिए। उक्त दुर्घटनापछि जडिबुटीका आक्रोसित स्थानीयले टिपरमा आगो लगाइदिएका थिए।

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१५:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी !