फेरी काठमाडौँको जडिबुटीमा ट्रीपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, १ घाईते !

Leaderboard Banner

काठमाडौँ  –  काठमाडौँको जडिबुटीमा ट्रीपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार टिपरले दिएको ठक्करबाट बा८५ प ७१६ नम्बरको मोटरसाइकलमा पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक घाइते भएका छन्। घटनाको थप विवरण आउँन बाँकि छ।

यसअघि जेठ ३० गते जडिबुटीमै टिपरले स्कुटरलाई ठक्कर दिँदा काभ्रेकी अस्मिता भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटर चालक आषिश जोशी रहेका घाईते भएका थिए।

उक्त दुर्घटनापछि जडिबुटीका आक्रोसित स्थानीयले टिपरमा आगो लगाइदिएका थिए।

 

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जडिबुटीमा टिपरद्वारा मोटरसाइकललाई ठक्कर: १ जनाको घटनास्थलमै मृत्यु, १ घाइते ( तस्विरसहित )