इन्टरनेटको शूल्क बढाउने विषयमा सञ्चारमन्त्री बास्कोटाले दिए यस्तो प्रतिक्रिया…

Leaderboard Banner

काठमाडौँ । इन्टरनेटको शूल्क बढाउने विषयमा सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयको धारण व्यक्त गरेका छन्।

विगत केहि समयदेखि इन्टरनेटको सेवा शुल्क बढाउने चर्चा चलिरहेका बेला सञ्चारमन्त्री बास्कोटाले मन्त्रालय इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको  बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन्  ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ जानकारी गराएका थिए ।सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएका कारण यस विषयमा आफ्नो संलग्ना नहुने भन्दै उनले शूल्क वृद्धिबारे अनविज्ञता व्यक्त गरे।

मन्त्री बाँस्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउनेगरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएका छन्  ।

स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको उनको स्विकारोक्ति रहेको थियो  ।

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै कृष्ण पहाडीसहित २५ जना मानवअधिकारकर्मी पक्राऊ !