चलचित्र ‘नाइँ न भन्नु ल – ५’ को ट्रेलर रिलिज: अनुभव र सेडरिनाको प्रसंशनीय अभिनय ( भिडियो )

Leaderboard Banner

एजेन्सी । चलचित्र ‘नाइँ न भन्नु ल – ५’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्र बहुचर्चित चलचित्र ‘नाइँ नभन्नु ल’ नामनै राखेर बनेको बनेको पाचौँ चलचित्र हो।

सफल निर्देशक विकाश राज आचार्यको निर्देशनमा बनेको यस चलचित्रमा निरुता सिंह, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र नव बालकलाकार सेडरिना शर्माको अभिनय रहेको छ। म्युजिकल लभ स्टोरीमा बनेको यस चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ।

पूर्वको इलामका निकै सुन्दर दृश्यहरु समावेश यस चलचित्रको छयांकनकार पुर्षोत्तम प्रधानको रहेको छ। चलचित्रमा सामिप्यराज तिमलसिना र विकाश राज आचार्यको कथा रहेको छ।

चलचित्रको ट्रेलर हेर्दा चलचित्र निकै राम्रो रहेको अनुमान गर्न सकिन्छ। चलचित्रमा अनुभव रेग्मी र अर्की नव बाल कलाकर सेडरिना शर्माको निकै प्रसंशनीय डाईलग डेलिवारी र अभिनय रहेको ट्रेलर हेर्दा नै अनुभूत हुन्छ। जसले गर्दा चलचित्र हेर्नको लागि दर्शकलाई हाल सम्म डोर्याउने पक्का छ।

चलचित्र यहि भदौ ८ गतेबाट देशभर शार्वाजनिक प्रदर्शनमा आउँदैछ।

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सबैभन्दा महँगो फिल्म ‘२.०’ को रिलिज डेट तय, रजनी-अक्षय हुनेछन् आमने-सामने