मजदुरहरुको न्यनतम तलब तोकियो, साउन १ देखि अनिवार्य रुपमा लागू हुने !

Leaderboard Banner

काठमाडौं । नेपाल सरकारले आन्तरिक मजदुरहरुको नयाँ तलव स्केल तोकिदिएको छ। सरकारका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टका अनुसार न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको छ ।

यस भन्दा पहिले मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ तोकिएकोमा अब साउन १ गतेबाट लागू हुने गरी ४५ सय रुपैयाँ थप गरी नयाँ तलव व्यवस्था  निर्धारण गरिएको हो।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

प्रकाशित : सोमबार, असार २५, २०७५१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुस्ताङ दुर्घटनामा ज्यान गुमाउनेका परिवारजानलाई ५/५ लाख दिइने !