सञ्जय दत्तले आफ्नो बायोपिक ‘सञ्जु’ बाट कति कमाई गरे ?

Leaderboard Banner

काठमाडौँ : बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ ले बक्स अफिसमा धूम मच्चाईरहेको छ र फिल्मसँग सम्बन्धित व्यक्तिहरुलाई पनि करोडौंको फाईदा भएको छ। सामान्यतया कसैको बायोपिक बनेमा फिल्म बनाउनको लागि राइट्स दिएको बदलामा फिस लिने गर्छन्।

सञ्जय दत्त र राजकुमार हिरानी अत्यन्तै घनिष्ठ मित्र हुन्। ‘सञ्जु’ को निर्माता विधु विनोद चोपडाको तीन फिल्ममा पनि सञ्जय दत्तले काम गरिसकेका छन्। त्यसैले यस्तो मानिएको छ कि सञ्जय दत्तले केही पनि लिएका छैनन्। तर वास्तवमा यस्तो भने होइन।

बलिउड पण्डितहरुका अनुसार सञ्जय दत्तको टिमले पैसाको लागि धेरै मोलमोलाई गरे र अन्ततः ९ देखि १० करोड भारतीय रुपियाँमा सहमत भए। साथै यो पनि तय भयो कि फिल्मको नाफाको केही हिस्सा पनि सञ्जय दत्तले पाउनेछन्।

‘सञ्जु’ मा सञ्जय दत्तको पहिलो र दोस्रो पत्नीको तथा गर्लफ्रेन्डहरुका बारेमा केही पनि बताईएको छैन। केही घटना पनि उल्लेख गरिएको छैन। सञ्जय दत्तले फिल्म बन्नु अघि नै शर्त राखेका थिए कि यी कुराहरु फिल्ममा देखाईने छैन र त्यस पछि मात्र फिल्म बनाउन इजाजत दिने भनेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। एजेन्सी

प्रकाशित : सोमबार, असार २५, २०७५१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फिल्ममा फ्लप भए तापनि यसरी खुब पैसा कमाईरहेका छन् बलिउडका यी ५ अभिनेत्री, अन्तिम वाली कमाउँछिन् सबैभन्दा बढी