२०२२ को विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बढाईने: हेर्नुस् कति राष्ट्र सहभागी हुनेछ अबदेखि ?

Leaderboard Banner

काठमाडौँ । यतिबेला फिफा विश्वकप को २१ औं सँस्करण रुसमा जारी छ। त्यस्तै विश्वकप २०१८ अब उत्तरार्धतर्फ पुगेको छ। भोलिदेखि सेमिफाइनलका खेलहरु पनि  हुँदैछन्।

यसैबीच अहिले सम्म ३२ वटा राष्ट्र मात्र समावेश हुने विश्वकप फुटबलमा अबदेखि भने अर्थात् कतारमा २०२२ मा हुने विश्वकपमा सहभागी हुने टोलीहरु विषयमा छलफल सुरु हुन लागेको छ। फुटबल महासंघ (फिफा) का अनुसार कतार वोर्ल्ड कप २०२२ बाट विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाउने तयारी गरिएको जानकारी आएको छ।

फिफाले विश्वकपमा खेल्ने टोलीहरुको संख्या बढाउने संकेत देखाएपछि विश्वभरका फुटबल समर्थकहरुमा खुसी भएका छन्।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताएका हुन् ।

फिफाले व्यक्त गरेको यस धारणाप्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन्  । विश्वकप चलिरहेकै बेला रसियाको राजधानी मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई असर पर्नु नहुने कुरामा आफुहरु सजक रहेको बताए।

प्रकाशित : सोमबार, असार २५, २०७५१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्यानडामा सन्दीपको एकपछि अर्को गर्दै उत्कृष्ट प्रदर्शन जारी: गए रातिको खेलमा पनि सन्दीप धारिलो बलिङ