डा. केसीका समर्थकको ओलीलाई चेतावनी : सियोले घोचिदिएपछि आफ्नो हैसियत थाहा पाउला !

Leaderboard Banner

काठमाडौं । यतिबेला आफ्नो १५ आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीका समर्थकहरुले राजधानी काठमाडौँमा प्रदर्शन गर्दै ओली सरकारको चर्को आलोचन गरेका छन्।

डा. केसी समर्थन र सरकारको विरोधमा सडकमा उत्रिएका केहि सर्वासाधरण र  विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हावा भरिएको बेलुनको संज्ञा दिंदै सियोले घोचिदिएपछि आफ्नो हैसियद आउने बताएका छन्।

यतिबेला जुम्लामा लगातार ८ दिनदेखि  आमरण अनसनमा रहेका डा. केसीको समर्थनमा सुरु भएको उक्त विरोध प्रदर्शन माईतीघरदेखि सुरु भएर  नयाँ बनेश्वोरमा पुगेर एउटा कोण सभा गरी सकिएको थियो। उक्त कोण सभामा बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओली माफियाहरुको प्रवक्ता भएको आरोप समेत लगाएका थिए।

डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको भन्दै उनले ओलीप्रति कटाक्ष गर्दै भने – हामीले  उखान टुक्काको विज्ञ त मान्दै आएका थियौं अब त चिकित्सकिय क्षेत्रको पनि विज्ञ भएछन्। किनभने मेडिकल माफियाले उनको कान फुकेका छन्। ‘

त्यस्तै उनले मिफियाको पैसामा चुनाव जितेकाहरुले डा. केसी र गंगामाया अधिकारीलाई अनसनमै मारन खोज्रेको पनि आरोप लगाए। अधिवक्ता अर्यालले डा. केसीकै सत्याग्रहले लोकमान सिंह र गोपाल पराजुलीहरु ढलेको बताउँदै भने – अब ओली जीको पालो, उहाँ हावा भरिएको बेलुन जस्तो फुल्नु भएको छ, हामीले सियोले सियो घोचिदिन्छौं, अनि आफ्नो हैसियदमा आउनु हुन्छ ।’

प्रकाशित : शनिबार, असार २३, २०७५१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चिनबाट रेल आउँदैन गफ मात्रै गरेर जनतालाई भुलभूलैयामा परेर हुन्छ – देउवा