विश्वकप फुटबलको भविष्यवाणी गर्ने विरालोको मृत्यु !

Leaderboard Banner

एजेन्सी – अहिले रसियामा जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सहि भविष्यवाणी गरेको चिनियाँ विरालोको मृत्यु भएको छ। विश्वकपका खेलहरुको भविष्यवाणी गरिरहेको शो बिरालोको अचानक मृत्यु भएपछी चिनियाँ सामाजिक सञ्जालहरुमा हजरारौंले श्रद्धाञ्जलि व्यक्त गरेको चिनियाँ मिडियाहरुले जनाएका छन्।

बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोका सुन्तला रङको भुत्ला थिए । यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो ।

यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्राहलयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो ।

अन्तिमपटक बिरालोले नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित्ने सही भविष्यवाणी गरेको थियो । सोही भविष्यवाणी उसको अन्तिम भविष्यवाणी बन्यो ।

बिरालो एक्कासि विरामी परेको र मंगलबार उसको मृत्यु भएको संग्राहलयले जनाएको छ । बिरालोको मृत्युपछि झण्डै १० हजारभन्दा धेरै मानिसले सोसल साइटमा निधनप्रति शोक व्यक्त गरेका छन् । धेरैले मृतक बिरालोको स्वर्गमा बास होस् र आत्माले शान्ति पाओस् भनेर कामना गरेका छन् ।

प्रकाशित : शनिबार, असार २३, २०७५१४:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मेस्सी र रोनाल्डो मात्रै होईन यी ६ महान् अभागी फूटबलर जसले पनि कहिल्यै जित्न सकेन विश्वकपको ट्रोफी !