ब्राजिलले हारेपछि दीपकराज गिरीको आयो निकै कडा फेसबुक स्टाटस [ स्टाटससहित ]

Leaderboard Banner

काठमाडौँ । रसिया विश्वकपमा यसपटक आश्चर्यजनक र अनुमान गरिएका भन्दा निकै भिन्न परिणामहरु आइरहेका छन्। साविक विजेता टोली जर्मनी समूह चरणको खेलबाटै बाहिरिनु, अर्जेन्टिना, पोर्चुगल, स्पेन जस्ता पूर्व विश्व विजेता टोलीहरु पनि सामान्य मानिएका टिमसँग हार व्यहोर्दै घर फर्कनु, यी सबै कुरा भए यो विश्वकपमा।

शुक्रबार राति फेरी अर्को पाँच/पाँच पटकको विश्व विजेता टोली ब्राजिल पनि क्वाटर फाइनलको खेलमा बेल्जियमसँग हार्दै विश्वकपबाट बाहिरिएपछि सनसनी मच्चिएको छ, यतिबेला। युवा खेलाडीहरुले भरिएको बेल्जियनले पाको र राम्रो फुटबल इतिहाँस भएको टोलीलाई पखा लगाउँदै विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको छ। योसँगै बेल्जियन दोसस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। ऊसँग सेमिफाईनलमा भिड्न निकै बलियो र युवा तथा अनुभवी खेलाडीले भरिएको फ्रान्स तयारी अवस्थामा छ।

यसैबीच चर्चित कलाकार दीपकराज गिरीले शुक्रबार रातिको खेलमा पाँच पटकको पूर्व विश्वविजेता टोली ब्राजिल पनि बेल्जियमसँग २-१ ले पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमा निकै अर्थपूर्ण स्टाटस लेखेका छन्।

नेपालमा अत्याधिक समर्थक रहेका फुटबल टोलीहरु अर्जेन्टिना, जर्मनी , पोर्चुगल, स्पेन र ब्राजिल जस्ता टोलीहरु एकपछि अर्को गर्दै प्रतियोगिताबाट आउट भएपछी कलाकार गिरीले अब नेपालीका लागि विश्वकप ‘पाडो पाए नि पाडि पाए नि भतुवालाइ बिगौती’ जस्तो भएको प्रतिक्रिया दिएका छन्।

उनले हिजो राति बेल्जियन र ब्राजिलबीचको खेल सकिने बित्तिकै फेसबुकमा स्टाटस लेख्दै भन्छन् – “अबको बॉकि खेल नेपालीको लागि “पापापापा भलाबि “सिद्धान्त पाडो पाए नि पाडि पाए नि भतुवालाइ बिगौती ! गुड नईट्स फ्रेण्डस्”

प्रकाशित : शनिबार, असार २३, २०७५११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वकप फुटबलको भविष्यवाणी गर्ने विरालोको मृत्यु !