ब्राजिललाई पराजित गर्दै बेल्जियम विश्वकपको सेमिफाइनलमा

Leaderboard Banner

विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत बेल्जियमले ब्राजिललाई २-१ ले हराउन सफल भएको छ । बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो ।

बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । ब्राजिलका लागि परिवर्तित खेलाडी रेनाटो अगस्टोले फिलिप कौटिन्होको पासमा टोलीका लागि एक गोल फर्काए पनि सो पर्याप्त रहेन ।

यससंगै दाबेदार मानिएका ब्राजिलसंगै जर्मनी, अर्जेन्टिना र स्पेन सबै बाहिरिएका छन् । अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्ने छ । फ्रान्सले यसअघि उरुग्वेलाई २-० ले हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित : शनिबार, असार २३, २०७५०१:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ब्राजिलले हारेपछि दीपकराज गिरीको आयो निकै कडा फेसबुक स्टाटस [ स्टाटससहित ]