एकाविहानै जापानले दियो चर्चित धर्मगुरुलाई फाँसी ! आखिर के थियो उनको गल्ती ?

Leaderboard Banner

एजेन्सी । जापानले एक जना धार्मिक नेतालाई शुक्रबार बिहान फाँसी दिएको छ। पृथ्वी ध्वस्त हुँदैछ भन्दै अफाह फैलाउने अम सिनरिक्यो समूहका नेता सोको आसहारालाई जापान सरकारले आज बिहान मृत्युदण्ड दिएको हो।

उनलाई आज भन्दा २३ वर्ष पहिले अर्थात् सन् १९९५ को टोकियो अण्डरग्राउन्ड नर्व ग्यास हमलाको मुद्धामा सन् २००४ मै फाँसीको सजाए सुनाइएको थियो । उक्त ग्यास आक्रमणका मुख्य योजनाकार समेत रहेका आसहारासहित ७ जनालाई प्रहरी हिरासतमै मृत्युदण्ड दिइएको हो।

सन् १९९५ को २० मार्चमा टोकियोमा भएको उक्त ग्यास आक्रमणमा १३ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा हजारौंको संख्यामा सर्वसाधारणहरु घाइते भएका थिए। उक्त आपराधिक हमलाका मुख्य योजनाकार आसहारा नै रहेका थिए।

विश्वकै कम अपराध हुने र शान्त देशको रुपमा चिनिएको जापानमा १९९५ को घटनापछि सो समूह र सम्प्रदायका मानिसहरु केहि महिनाहरु सम्म जापानका विभिन्न स्थानमा  हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए।

सो घटनाको अभियोगमा थुप्रै मानिसहरुलाई पक्राउ गरेका थिए। तर, उनीहरु मध्ये मुख्य योजनाकार आसहारासहित १३ जनालाई  सन् २००४ मा मृत्यु मृत्युदण्डको सजाय सुनाइएको थियो।

आज आसहरासहित ७ जनालाई फाँसी दिईएको छ। अब बाँकी रहेका ६ जनालाई पनि फाँसी दिईने छ ।

प्रकाशित : शुक्रबार, असार २२, २०७५१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जापानमा भयानक बर्षा: ११ को मृत्यु, ४५ वेपत्ता, बाढी पहिरो र जमिन भासिँदा ठूलो संख्या मानिसहरु हताहत !