डेनमार्क र क्रोएसियाको १-१ को बराबरीमा, कसले मार्ला बाजी ?

Leaderboard Banner

एजेन्सी  ,  विश्वकप अन्तिम १६ को चौथो खेलमा डेनमार्क र क्रोएसियाले १-१ को बराबरी खेलेका छन् ।

डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो ।

तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ । क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो ।

यस अघि उरुग्वे, फ्रान्स र रुस अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।

स्पेनलाई हराउदै रुस विश्वकपको क्वाटरफाइनलमा: 

नियमित समयको खेल १-१ मा सकिए पछि विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ ।

मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । सो पेनाल्टीमा रुसका स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काए ।

दोसोर् हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट-आउटतर्फ गएको थियो ।

पेनाल्टी
स्पेन – आन्द्रेस इनिएस्टा : गोल (१-०)
रुस – फेडोर स्मोलोभ : गोल (१-१)
स्पेन – जेरार्ड पिके : गोल (२-१)
रुस – सेर्जे इग्नासेभिच : गोल (२-२)
स्पेन – कोके : सेभ (२-२)
रुस – एकेक्जान्डर गोलोभिन : गोल (३-२)
स्पेन – सर्जियो रामोस : गोल (३-३)
रुस – डेनिस चेरिसेभ : गोल (३-४)
स्पेन – इयागो आसपास : सेभ (३-४)

स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।

प्रकाशित : सोमबार, असार १८, २०७५०१:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पूर्व विश्व विजेता स्पेनले हिजो पेनाल्टीमा रसियासँग यसरी हरेको थियो [ भिडियोसहित ]