पोर्चुगल र उरुग्वे १–१ को बराबरीमा, कसले मार्ला बाजी ?

Leaderboard Banner

एजेन्सी, विश्व कप प्रिक्वार्टर फाइनलमा उरुग्वे र पोर्चुगल १–१ को बराबरीमा खेली रहेका छन् । इन्डिसन काभानीले खेलको केहि मिनेटमै गरेको गोलमा उरुग्वे अग्रता लिएको हो । लुइस स्वारेजसँगको उत्कृष्ट तालमेलपछि काभानीले सातौं मिनेटमानजिकबाट हेड गोल गरेका थिए ।

मैदानको बायाँबाट स्वारेजले दिएको क्रममा काभानीले नजिकबाट हेडमार्फत गोल गरेका हुन् । दायाँबाट काभानीले दिएको लामो क्रसपछि स्वारेजले उनलाई क्रस मिलाइदिएका हुन् ।

त्यस्तै पोर्चुगलका पेपेले फर्काएपछि खेल बराबरीमा चली रहेको छ ।

यसअघि पहिलो प्रिक्वार्टरफाइनलमा केलियन एमबाप्पेको २ गोलमा अर्जेन्टिनालाई ४–३ ले हराउँदै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको थियो । उरुग्वे र पोर्चुगलबीचको विजेताले क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

अर्जेन्टिना विरुद्ध फ्रान्सले ४–३ को जित

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध फ्रान्सले ४–३ को जित हात पारेको छ । यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिएको छ । यस खेलमा एमबाब्बेले मात्रै दुई गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । भने ग्रिजम्यान र पाबार्डले १÷१ गोलको योगदान गरे ।

खेलमा राम्रो मुभ निकाले पफ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डि बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो । तर, खेलको ४० औं मिनेटमा अर्जेन्टिनाका डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफको सुरुवातमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा मेसीको एसिस्टमा मरकाडोले गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए ।

तर, अग्रताको खुसी मनाउन नपाउँदै ५७ औं मिनेटमा बेन्जामिनले दोश्रो गोल गर्दैै खेललाई पुनः बराबरीमा ल्याएका थिए । तर, फ्रान्स त्यतिमामात्रै सीमित रहेन, खेलको ६४ र ६८ औं मिनेटमा बाम्पेले गोल गरेका थिए ।

अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।नि चम्किन नसकेको अर्जेन्टिना टोलीलाई आफ्रनो गोलरक्षकसँगको तालमेल नमिलेको प्रष्ट देखियो । अर्जेन्टिनाका लागि भने डि मारिया, मार्काडो र अगाईराले गोल गरेका थिए ।

प्रकाशित : आइतबार, असार १७, २०७५०१:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उरूग्वे २-१ ले अगाडी, रोनाल्डोको स्थिति मेस्सीकै जस्तो