डि मारियाको गोलमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो, कसले मार्ला बाजी ?

Leaderboard Banner

विश्वकप २०१८ को अन्तिम १६ को पहिलो खेलको पहिलो हाफमा अर्जेन्टिना र फ्रान्सले १-१ को बराबरी खेलेका छन् , खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा पनि प्रहार गरेका थिए ।

तर एन्जल डि मारियाको बक्स बाहिरबाट गरिएको सुन्दर प्रहारमार्फत अर्जेन्टिना खेलमा फर्केको हो । अर्जेन्टिनाले बढी पोजेसन राख्न सफल भएको छ भने फ्रान्स काउन्टर अट्याकको शैली अप्नाइरहेको छ ।

फ्रान्स समूह ‘सी’ को विजेता हुंदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अर्जेन्टिना समूह ‘डी’ को उपविजेता हुन सफल भएको हो ।

प्रकाशित : शनिबार, असार १६, २०७५२०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पोर्चुगल र उरुग्वे १–१ को बराबरीमा, कसले मार्ला बाजी ?