ढुक्क हुनुस्, पुस १६ गतेबाट पानीजहाज चढेर कोलकात्ता जान पाइन्छ – प्रधानमन्त्री ओली

Leaderboard Banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगमी पौस १६ गतेबाट पानीजहाज चडेर कोलकत्ता जान सकिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वाजावाहक जहाजलाई कोलकत्तामा स्वागत गरिने जनाएका छन्।

उनका अनुसार सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको समेत खुलाशा गरेका छन्। ओलीले भने – हिजोको दिनमा पानीजहाज चलाउने कुरा गर्दा चर्को स्वारमा विरोध गरेकोहरुको स्वर रेकर्डे छ। त्यतिबेला पानीको भाँडामा कागजको डुंगा बनाएर चलाउनेहरुले त्यसपछि  के गर्लान् ।

बिहीबार असार १४ गते जननेता मदन भण्डारीको ६७ अौँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रम ओलीले नेपालमा रेल आउनबाट कसैले रोक्न नसक्ने दाबि गरे। अब देशका विमानस्थल, बाताघाटा सबै कुराहरु चौडा र सुधार गर्ने बताए  .

उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताए ।

प्रकाशित : शुक्रबार, असार १५, २०७५१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भर्खरै कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित : हेर्नुस्, नतिजा [ नामावलीसहित ]